सुदूर नेपाललाई विश्वसँग जोड्दै

किशोर-किशोरीका लागि मोडर्ना खोप नेपालमा आउँदै

२०७८ साउन ३०, ११:१५ खबर संवाददाता

काठमाडौं: स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरिने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य गरिरहेको जानकारी दिएका हुन्। ‘दक्षिण एसियामै गाभिबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हो’ उनले ट्विटमा भनेका छन्।

उनले किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेको पनि बताएका छन्। अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोना भाइरसविरुद्ध विकास गरेको खोप किशोर किशोरीहरूमा शतप्रतिशत प्रभावकारी देखिएको छ। 

कमेन्ट लोड गर्नुस