सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योग वाणिज्य संघमा माग गरेका कागजातहरु पेस गर्ने क्रम सुरु

सदस्यता छानविन हुन थालेपछि व्यवसायी हर्षित

२०७५ मंसिर ७, ०३:४४

कैलाली उद्योग वाणिज्य संघको सदस्यता विवाद समाधानका लागि छानविनको काम सुरु भएसँगै तोकिएका कागजातहरु वुझ्ने काम सुरु भएको छ । संघको कार्यालयमा सदस्यता छानविन समितीले सचिवालय स्थापना गर्दै आवश्यक र तोकेका कागजातहरु बुझ्ने काम सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत विकास लम्सालको संयोजकत्वमा रहेको सदस्यता छानविन समितीले सात दिनको सुचना जारी गर्दै आवश्यक कागजात पेस गर्न भनेपछि पहिलो दिनदेखि नै व्यवसायीहरु संघमा पुगेका छन । कार्यालय समयमा स्थापना भएको सचिवालयमा माग गरिएका विभिन्न तीन किसिमका कागजातहरु वुझाउन धेरै जना व्यवसायी आए पनि सवै कागजात पुगेकाहरुको मात्रै बुझिएको छानविन समितीले जनाएको छ । मागिएका कागजात नपुगेका व्यवसायीहरुलाई थप कागजात ल्याउन भन्दै फिर्ता बोलाईएको र कागजात पुगेका १२ जना व्यवसायीका कागजात वुझेको छानविन समितीकी सदस्य सचिव गोमा अधिकारीले जानकारी दिईन् । 

कैलाली उद्योग वाणिज्य संघको सदस्य हुनका लागि घरेलु तथा साना उद्योग कार्यालय वा वाणिज्य कार्यालयमा दर्ता भएको, प्यान भ्याटमा दर्ता भएको र कर चुक्ता भएको कागजात अनिवार्य पत्र पेस गरेपछि संघको सदस्य हुन पाउने मापदण्ड बनाईपछि सोही आधारमा छानविनको काम भईरहेको छ । संघको सदस्य हुन पाउने मापदण्ड वनाईएपछि सोही अनुसार कागजात पेस गर्नका लागि एक साताको समय दिईएको छ । संघको सदस्य हुनका लागि तोकिएका कागजातहरु ७ दिनभित्र पेस गर्नका लागि छानविन समितीले सार्वजनिक आव्हान गरेसँग व्यवसायीले आवश्यक कागजात बुझाउन थालेका छन् । वास्तविक व्यवसायीहरु सदस्यता छानविन हुन थालेपछि हर्षित भएका छन् । उनीहरुले कैलाली उद्योग वाणिज्य संघमा वढेको नक्कली सदस्यको हालीमुहाली हट्दै संघका व्यवसायीको साझा संस्था हुने अपेक्षा समेत गरेका छन् । 

कमेन्ट लोड गर्नुस