अछाममा एक पुरुष मृत फेला
२०७८ साउन २८, ०५:३९
अछाम: अछाममा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको पन्चदेवल विनायक नगरपालिकामा अन्दाजी ५५ वर्षीय महाजित धामी मृत फेला परेका हुन्।
ईलाका प्रहरी कार्यलय विनायकका अनुसार पन्चदेवल विनायक २ माणु मन्दिरबाट १०० मिटर तल धामीको शव भेटिएको हो।
प्रहरीले उनको शव सनाखत गरेर घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस