कुमारी बैंकद्वारा सुदूरपश्चिममा कार्यरत महिला कर्मचारीलाई आत्मरक्षा तालिम
धनगढी: कुमारी बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीलाई आत्मरक्षा तालिम प्रदान गरेको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न १९ वटा शाखा तथा प्रदेश कार्यालयमा कार्यरत महिला कर्मचारीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको हो।
व्यक्तिगत तथा पेशागत जीवनमा आइपर्नसक्ने विभिन्न दुव्र्यवहार तथा हिंसालाई शारिरिक तथा मनोवैज्ञानिक रुपमा व्यवस्थापन गर्न तालिम प्रदान गरिएको कुमारी बैंक सुदूरपश्चिम प्रदेश प्रमुख अजय घिमिरेले बताए।
उक्त तालिमका लागि बैंकले महिला सशक्तिकरण तथा आत्मरक्षा तालिम केन्द्र नेपालसँग सहकार्य गरेको थियो। प्रशिक्षक गिरीबहादुर सुनारले तालिम प्रदान गरेका थिए।
कुमारी बैंकले देशभरी १९५ शाखा, १६५ एटिएम, २८ शाखारहित बैंकिङ एजेन्ट तथा १३ वटा बिस्तारित काउन्टरमार्फतसेवा दिइरहेको छ।