डडेल्धुरा काँग्रेसका सभापति कर्ण मल्ल पौडेल पक्षको भेलामा !
धनगढी : प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्ण मल्ल रामचन्द्र पौडेल पक्षीय भेलामा सहभागी भएका छन्। कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षले आयोजना गरेको आफूपक्षीय जिल्ला सभापतिहरूको भेलामा मल्ल पनि सहभागी भएका हुन्।
यता मल्लले भने आफू्र गुटको भेलामा नभई जिल्ला सभापतिको बैठकमा सहभागी भएको बताएका छन्। ‘गुट भेलामा होइन जिल्ला सभापतिको बैठकमा गएको हुँ,’ मल्लले दिनेशखबरलाई भने, ‘बैठकपछि केन्द्रीय सभापतिलाई महाधिवेशनबारे सुझाव दिने तयारी छ।’
वरिष्ठ नेता पौडेल पक्षीय जिल्ला सभापति भेला काठमाडौंको ठमेलस्थित होटल यात्रीमा दुई दिनदेखि जारी छ। भेलामा पार्टीको संवैधानिक संकट टार्न विशेष महाधिवेशनमा जानुपर्नेबारे छलफल भइरहेको छ।