कलुवापुर–बेलौरी सडक निर्माण अलपत्र
निर्माण कम्पनी सम्पर्क विहीन
कञ्चनपुरको दक्षिणी क्षेत्रको सम्वृद्धिसँग जोडिएको कलुवापुर–बेलौरी सडकमा निर्माण कम्पनीहरुले लापरबाही गरेका हुन। निर्माण पुरा गरेका निर्माण कम्पनीहरुले गुणस्तरको काम गरेको भन्दै पुन मर्मत गर्न भनिएको छ भने भारतको सिमाना खजुरियासम्मको २५ किलोमिटर क्षेत्रमा काम गर्ने सबै निर्माण कम्पनीले भने लापरबाही गरेका हुन। ३ करोड ३५ लाखमा ३ दशमदव ४ किलोमिटर सडक डिएस महरा जेभिले निर्माण गरेकोमा त्यो पुर्ण रुपमा भत्किएको छ। २०७२ असारमा सम्झौता भएर २०७४ भदौमा निर्माण सकिएको सडकको सो क्षेत्रमा खाल्डाखुल्डी परेका छन। सडक उपड खापड भएकाले स्थानीय हैरान भएका छन। स्थानीय लोकेन्द्र साउँदले सडक खाल्डा खुल्डी हुदा समस्या भएको बताए। उनले सडकमा बस समेत सञ्चालनमा रहेकाले दुर्घटनाको जोखिम रहेको बताए। निर्माण पुरा भएको एक बर्षमा सडक उप्डखाप्ड भएपछि निर्माण कम्पनीलाई मर्मत गर्न सडक डिभिजन कार्यालयले निर्देशन दिएको छ। ३ करोड ३५ लाखमा निर्माण गर्ने सम्झौता भएकोमा ३ करोड २० लाख मात्र खर्च भएको थियो। कलुवापुरदेखी खजुरियासम्म २५ किलोमिटर सडकले कञ्चनपुर दक्षिण क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरीएको थियो। सो सडकको सडक डिभिजन कार्यालय कञ्चनपुरले दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरेको थियो। अहिले निर्माण कम्पनी भागेका छन।
सन्तोष थेगिम जेभिले सडक डिभिजन कार्यालय कञ्चनपुरसंग १९ करोड ११ लाखमा २०७३ भदौ १७ मा सम्झौता गरेको थियो। २०७५ जेष्ठ १५ मा निर्माण पुरा गर्ने सम्झौता भएकोमा निर्माण कम्पनी सम्पर्कमा छैन। तर निर्माण मम्पनीले सडक निर्माणको काम सुरु समेत नगरेपछि बेलौरी नगर पालिकाले ग्राभेल गरेको छ। गत आर्थिक बर्षमा नगरबासीलाई आवत–जावतमा समस्या भएपछि नगरपालिकाले दुई किलोमिटर क्षेत्रमा ४ लाखको ग्राइभेल गरेको हो। नगरपालिकाले केही स्थानमा मात्र ग्राबेल गरेपनि नगरवासीको समस्या समाधान भएकै छैन। निमाण कम्पनीको लापरबाहीका कारण स्थानीय जनताले भने हिँउदोको धुलो खानु परेको छ भने बस समेत सञ्चालन रहेका सो सडक खण्डमा दुर्घटनाको जोखिम समेत उच्च छ। स्थानीय पुष्कर अवस्थीले साना तिना दुर्घटना सो सडकमा दैनिक हुने गरेको बताए। कालोपत्रे भएको सडक समेत एक बर्ष पुरा नहुदै काल्डै खाल्डा भएको उनले बताए। सो सडक निर्माणको काम कस्ले गरेको भन्ने बिषयमा जानकारी नरहेकोब ताउदै उनले भने, पिच भएको सडक पुरै खाल्डा खुल्डी भएको छ। पिच हुन बाँकी सडक समेत पिच हुने सुन्नमा आएको थियो। यता काम गर्न कोही आएकै छैनन्।
कलुवापुरदेखि दक्षिण भारतको सिमाना खजुरियासम्मको सडकको काममा निर्माण कम्पनीले काम गर्न हेलचत्र्याई गरेपछि कारवाहीको तयारी समेत भएको छ। सडक निर्माणको सम्झौता गर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने सडक डिभिजन कार्यालयले बताएको छ । डिभिजन कार्यालयका सूचना अधिकारी खगेन्द्र शाहीले निर्माण कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भईरहेको बताए। निर्माणको सम्झौताको मिति सकिए पनि सडक निर्माणमा पुन निर्माण कम्पनीसँग समन्वय भैरहेको प्रयास भईरहेको उनले बताए। कञ्चनपुरको बेलौरी नगरपालिकाका मेयर पतिराम चौधरीले सडकमा आवत–जावतमा समस्या भएपछि चार लाख खर्च गरेर ग्राईभेल हालिएको बताए। निर्माण कम्पनी सम्पर्कमा छैनन भन्ने छ । कारबाहीको तयारी हुदैछ, उनले भने। सन्तोष थेगिम जेभिले निर्माण सम्झौता गरेको सो सडक खण्डमा ४ करोड ४४ लाख खर्च भएको छ। १९ करोड ११ लाख लागत अनुमान गरीएकोमा अझै १४ करोड ६६ लाख लागत आवश्यक छ । कञ्चनपुरको कलुवापुर–बेलौरी सडक निर्माणको सम्झौता गरेका निर्माण व्यवसायी सम्पर्क विहीन भएका छन्। कलुवापुरदेखि बेलौरी हुँदै दक्षिण भारतको सिमाना खजुरियासम्म जोड्ने सडक कालोपत्रे गर्ने वित्तिक्कै भत्किएर खाल्डाखुल्डीमय भएको छ। निर्माण सकिएको एक बर्ष पुरा नहुँदै सडक भत्किएपछि स्थानीय वासिन्दालाई आवतजावतमा समस्या भएको छ।