कर्णालीमा साढे दुई लाख बढीले खोप लगाए
कर्णालीः प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले हालसम्म कर्णालीमा दुई लाख ५९ हजार ७४७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेको जनाएको छ।
यहाँ खोप लगाउनुपर्ने लक्षित वर्गको कूल जनसङ्ख्या १० लाख ९४ हजार ४४७ छ । पाँचौँ चरणको खोप अभियान सम्पन्न भएपछि यो सङ्ख्या बढ्ने बताइएको छ।
विसं २०७७ माघ १४ गतेदेखि शुरु भएको खोप अभियानको पहिलो चरणमा ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । यो खोप एक लाख आठ हजार ४८६ जनाले लगाएका थिए। ‘कोभिशिल्ड’ खोप प्राप्त नभएका कारण ८२ हजार ६७० जनाले अझै दोस्रो मात्रा लगाउन पाएका छैनन्।