सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेफ्स्कूनद्वारा धनगढीमा सेवा कार्यालय विस्तार

२०७८ साउन २५, ०२:३३ खबर संवाददाता

धनगढी: नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आफ्नो शाखा कैलालीको धनगढीमा पनि स्थापना गरेको छ। आफ्ना सदस्य संघ संस्थाहरुलाई प्रवाह गर्ने सेवाको पहुँच विस्तार गर्न धनगढीमा ३३औं सेवा कार्यालयको उद्घाटन गरिएको हो। 

सोमबार एक समारोहकाबीच संघका अध्यक्ष परितोष पौडलले कार्यालयको शुभारम्भ गरेका छन्। बचत तथा ऋण सहकारी सञ्जालको सवलीकरणमार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य अनुरुप संघले सदस्य संस्थाहरुलाई सहज हुने गरी कार्यालय स्थापना गरेको बताइएको छ। 

 

उक्त समारोह संघका सञ्चालक सदस्य तथा सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव जोशीको सभापतित्वमा सञ्चालन भएको थियो। यस्तै समारोहमा विशिष्ट अतिथिको रुपमा प्रदेश सहकारी रजीष्ट्रार गोकुल प्रसाद बोहरा रहेका थिए। 

त्यसैगरी राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी संघ कैलालीका अध्यक्ष शिवा थापा, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटा, जिल्ला बचत संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, नेफ्स्कुन फिल्ड कार्यालय व्यवस्थापन उप–समितिका सदस्यहरु भुपेन्द्र थापा, सुरत बोगटी, बद्री प्रसाद भट्टराई, प्रेमलता देवी गौतम, साकोस म्यानेजर्स क्लबका अध्यक्ष छविलाल जैसी लगायतका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो।

यसअघि नेफ्स्कूनले सुदूरपश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा र कञ्चनपुरमा फिल्ड कार्यालय सञ्चालन गरिसकेको छ। 

कमेन्ट लोड गर्नुस