अछाममा रिचार्ज पोखरी निर्माण अभियान
अछामः अछामको चौरपाटी गाउँपालिकाले रिचार्ज पोखरी अभियान सुरु गर्ने भएको छ। गाउँपालिकाले साउन २९ गते रिचार्ज पोखरी बर्ष मनाउन लागेको अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिए।
वातावरण संरक्षणका लागि भन्दै गाउँपालिकाले रिचार्ज पोखरी अभियान सञ्चालन गर्न लागेको उनले बताए।
चौरपाटी गाउँपालिकाले तीनबर्ष अघिदेखि यो अभियान गर्दै आएको छ। पालिकाभर ७ हजार ५०बढी रिजार्ज पोखरी निर्माण गरिसकेको उनको दाबी छ।