सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली अस्पतालले गर्‍यो ९१ वर्षीया वृद्धाको हिपजोर्नी प्रत्यारोपण

२०७८ साउन २४, ०६:०६ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको कैलाली अस्पतालले ९१ वर्षीया वृद्धाको हिपजोर्नी प्रत्यारोपणको सफल शल्यक्रिया गरेको छ। बैतडीको पाटन नगरपालिका वडा नम्बर ४ की ९१ वर्षीया परु महराको शल्यक्रिया गरिएको हो। 

३ महिना अगाडि भर्‍याङबाट लड्दा उनको हिपजोर्नीमा समस्या देखिएको थियो। सोही कारण उनी आफै हिँडड्ल गर्न नसक्ने अवस्थामा थिइन्। तर कैलाली अस्पतालका चिकित्सकको सल्लाहपछि महरालाई शल्यक्रियाका लागि धनगढी ल्याइएको थियो। 

त्यसपछि महराको ५ दिन अगाडि शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। तीन महिनासम्म अरुको सहारामा बसेकी महरा हिपजोर्नी प्रत्यारोपण भएपछि हिड्न सक्ने अवस्थामा पुगेको शल्यक्रियामा संलग्न डाक्टर ज्ञानेन्द्र जोशीले बताए। 

कैलाली अस्पतालले ९१ वर्षीया वृद्धाको हिपजोर्नी प्रत्यारोपणको शल्यक्रिया पहिलोपटक गरेको हो। बढी उमेर समूहका व्यक्तिहरुको हिपजोर्नीको शल्यक्रिया सुदूरपश्चिमै हुन थालेपछि प्रदेश बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको विश्वास लिइएको छ। 

कमेन्ट लोड गर्नुस