सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोनाबाट एकैदिन ५५ जनाको मृत्यु, २५४८ संक्रमित थपिए

२०७८ साउन २४, ०५:५० खबर संवाददाता

काठमाडौंः कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा २५४८ जना संक्रमित थपिएका छन्।

योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९३ जना पुगेको छ। यस अवधिमा दुई हजार २९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३५ हजार ४ सय ८५ जना संक्रिय संक्रमित रहेका छन्।

कमेन्ट लोड गर्नुस