सुदूर नेपाललाई विश्वसँग जोड्दै

पारसले लगाउँदै आएको ७७ नम्बरको जर्सी अब प्रयोग नहुने

२०७८ साउन २४, ०३:२८ खबर संवाददाता

काठमाडौंः नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग नहुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पूर्वकप्तान पारसले प्रयोग गरेको जर्सी रिटायर्ड गर्ने निर्णय गरेको हो।

पारसले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको क्यानले जनाएको छ।

अलराउण्डर पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए।

कमेन्ट लोड गर्नुस