सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मृत भेटिएकी खेट्टीको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

फाइल फोटो
फाइल फोटो
२०७८ साउन २३, १२:१९ खबर संवाददाता

बैतडीः बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा मृत फेला परेकी खेट्टी मल्लको भेजाइनल स्वाब र भिसेरा परीक्षण लागि काठमाडौं पठाइएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडे घर भएकी मल्ल साउन ८ मा मृत फेला परेकी थिइन्।

उनको मृत्युको कारण पुष्टि गर्न भेजाइनल स्वाब र भिसेरा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ।

भेजाइनल स्वाब, मुटु, कलेजो, फोक्सोको टुक्रा परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ। स्वाब र भिसेरा पठाएको १० दिन भइसकेको भएपनि रिपोर्ट आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले बताए।

साउन ७ गते घरबाट माइतीघर मेलौली–५ सेरी हिँडेकी उनी मृत भेटिएकी थिइन्। तर‚ माइतीघर नपुग्दै मल्ल बीचबाटोमै मृत अवस्थामा फेला परेकी हुन्। मृतक महिलाको घरपरिवार तथा आफन्तले दाहसंस्कार गरिसकेका छन्।

कमेन्ट लोड गर्नुस