सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली तुइन प्रकरण : पत्रकारलाई निषेध !

छानबिन टोली मालगाउँ प्रस्थान गर्दा दार्चुलाका पत्रकारलाई ब्यारेक गएर फोटो खिच्न नदिएपछि हेलिकोप्टर देखिने ठाउँमा गएर फोटो खिच्दै पत्रकार । फोटो : दीपक भट्ट
छानबिन टोली मालगाउँ प्रस्थान गर्दा दार्चुलाका पत्रकारलाई ब्यारेक गएर फोटो खिच्न नदिएपछि हेलिकोप्टर देखिने ठाउँमा गएर फोटो खिच्दै पत्रकार । फोटो : दीपक भट्ट
२०७८ साउन २२, ०१:२४ खबर संवाददाता

धनगढी : जयसिंह धामी बेपत्ता प्रकरणबारे छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको फोटो खिच्न पत्रकारलाई निषेध गरिएको छ। नेपालतर्फको घटनास्थलको निरीक्षण र पीडित परिवारलाई भेटन् हेलिकोप्टरमार्फत छानबिन टोली मालगाउँ प्रस्थान गरिरहेको समयमा फोटो खिच्न रोक लगाइएको हो।

दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले भने, ‘साउन २१ गते भारतीय एसएसबीले फोटो खिच्नबाट बञ्चित गरायो। आज फेरि नेपाली सेनाले छानबिन समितिको फोटो खिच्न रोक लगायो। यो घटनाको सुरुवातदेखि नै मिडियामाथि अंकुश लगाउने काम भइरहेको छ।’

बिहीबार भारतीय सीमा सुरक्षा बल एसएसबीले घटनास्थलमा क्यामेरा लैजान रोक लगाएको थियो। सुरुमा घटनास्थल जानै नदिएको एसएसबीले पछि नेपाल–भारत जोड्ने पुलबाटै पत्रकारलाई क्यामेरा लैजान रोक लगाएको थियो। 

कमेन्ट लोड गर्नुस