भाेली कैलाली बन्द
युवकको हत्या प्रकरणमा पिडितले दोषीलाई कारवाही र पिडितलाई न्यायको माग गर्दै भोलि बिहान ७ बजे देखी कैलाली बन्दकाे घाेष्णाा गरेका छन। प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश प्रमुखको कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज अगाडी स्थानीय विजय थापाको हत्यामा संलग्नलाई उम्काउन खोजिएको उनिहरुको आरोप छ। थापाकी आमा सीता थापाले शनिवार किटानी जाहेरी दर्ता गरेकी थिईन। प्रहरीले अनुसन्धानमा ध्यान नपुराएको उनको आरोप छ। अाज जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गरेर बन्दको बारेमा जानकारी दिएका हुन।
जिल्ला प्रहरी कार्यालय कैलालीको परिसरमा पत्रकार सम्मेलन गर्दै पिडित परिवारले दोषीलाई कारवाहीको माग गरेका हुन। विजय थापा न्यायिक संघर्ष समितीले प्रहरीले घटनालाई मोड्ने प्रयास गरेको भन्दै आन्दोलनको घोषणा गरेका हुन।