सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विद्यालय सञ्चालन

२०७८ साउन २०, ११:१९ खबर संवाददाता

धनगढी: बैतडीमा विद्यालय सञ्चालन गरिएको छ। जिल्लाको मेलौली नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस संक्रमणको जोखिम केही घटेकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए। ४६ ओटा सामुदायिक विद्यालय रहेको उक्त नगरपालिकामा स्वास्थ्यका मापदण्डको पालना गरी विद्यालय सञ्चालन गर्न लागिएको बताइएको छ।

कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या शून्य रहेकोले साउन १० गते विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको बताइएको छ।

कमेन्ट लोड गर्नुस