सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र

। फोटो स्रोत ।
२०७५ मंसिर ३, ०१:३६

तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ। ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो। विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य छ महीनादेखि ठप्प छ। पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो। तर ठेकेदार भने वैशाखदेखि नै सम्पर्कमा नरहेको म्याग्दे गाउँपालिका–७ का वडा अध्यक्ष पदमराज वाग्लेले बताए। पुल निर्माणका लागि स्थानीय सबै प्रकारको सहयोग गर्न तयार भए पनि ठेकेदार सम्पर्कमा नआएको उनले बताए। ड्रागन हीरा एण्ड नमिता जेभीले रु चार करोड सात लाखको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो। 
रासस
 

कमेन्ट लोड गर्नुस