सुदूर नेपाललाई विश्वसँग जोड्दै

के आँसुबाट पनि फैलिन्छ कोरोना ? यसो भन्छ अनुसन्धान

२०७८ साउन १८, ०४:०० खबर संवाददाता

एजेन्सी: कोरोना संक्रमितहरूको आँसुबाट पनि संक्रमण फैलिने सम्भावना रहेको एक अनुसन्धानबाट फेला परेका छ।

भारतको अमृतसरमा रहेको राजकीय मेडिकल कलेजले गरेको अनुसन्धान अनुसार अध्येताहरूले अन्य माध्यमबाट पनि कोरोना फैलिने जोखिम रहेको पाइएको छ। 

ओक्युलर मेनिफेस्टेसन्स अर्थात् कुनै रोगका कारण आँखामा पर्ने असर भएका व्यक्तिलाई कोभिड लागेको छ भने अन्यमा संक्रमण फैलिने जोखिम रहन्छ। 

कलेजले कुल १२० जना कोरोना रोगीमा अध्ययन गरेको थियो। अध्ययनका लागि रोगीको आरटीपीसीआर रिपोर्ट आएको ४८ घन्टाभित्र आँसुको नमूना संकलन गरिएको थियो। 

रोगीको स्याहार गर्ने मेडिकल स्टाफका लागि रोगीको आँसु संक्रमणको स्रोत हुन सक्ने भएकाले अध्ययनले सचेत गराएको छ 

कमेन्ट लोड गर्नुस