सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा तुइनबाट खसेर युवक बेपत्ताः भारतको पाँगला थानामा एसएसबीविरुद्ध ‘एफआइआर’

२०७८ साउन १७, १०:०८ खबर संवाददाता

दार्चुला: दार्चुलाको महाकालीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी काटेकै कारण व्यास गाउँपालिका–२ मालगाउँका जयसिंह धामी खसेर बेपत्ता भएको भन्दै आफन्तहरूले भारतीय प्रहरीमा उजुरी दिएका छन्। उक्त घटनाबारे मुचुल्का लिएर अनुन्सधान गर्नका लागि पागला प्रहरीलाई स्थानीय बहादुरसिह धामी र जोगासिंह धामीले उजुरीपत्र (एफआइआर) दिएका हुन्। 

तुइनको डोरी काटेपछि एसएसबीका जवानहरू भागेको उक्त उजुरीमा उल्लेख छ। घटनापछि त्यस क्षेत्रमा रहेका नेपालीलाई ‘कसैलाई नभन्न’ धम्क्याएको निवेदक बहादुरसिंहले बताए। 

यस्तै घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारवाही गर्न आफन्तहरुले दार्चुला र भारत दुबैतर्फका प्रशासनलाई अनुरोध गरेका छन्।

तर भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले उक्त घटनामा एसएसबीको संलग्नता नरहेको बताएका छन्। शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जबाफ पठाउँदै पिथौरागढका जिल्ला अधिकारीले भारतीय सुरक्षा बल एसएसबीको घटनामा कुनै संग्लनता नरहेको भन्दै जबाफ पठाइएको हुन्।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपलेले तुुइन तरिसकेपछि युुवक आफैं चिप्लेर महाकालीमा खसेको भन्दै लिखित जबाफ पठाएका हुन्।  

कमेन्ट लोड गर्नुस