कांग्रेस नेता बडुद्धारा दार्चुला तुइन घटनाको छानबिन गर्न माग
धनगढीः सत्तारुढ नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले दार्चुलाको व्यास गाउँपालिका २ राप्लाको मालघाटमा स्थानीय जय सिह धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएको भन्दै दुःख जनाएका छन्।उनले सरकारसित घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन समेत माग गर्दै दुःख व्यक्त गरेका हुन्।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटेर धामी नदीमा बेपत्ता भएको बताईएको छ। पूर्व राज्यमन्त्रीसमेत रहेका बडुले घटनाबारे गृहमन्त्री बालकृष्ण खाँडलाई जानकारी दिएर छानबिन समिति गठन गरेको बताएका छन्।
यस्तै उनले सरकारलाई छानबिन गरी दोषीलाई कारवाही गर्न र धामीका परिवारलाई क्षतिपूर्ति दिन समेत नेता बडुले माग गरेका छन्।