सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवैध रुपमा बालुवा ओसारपसार गर्ने ११ ट्याक्टर नियन्त्रणमा

२०७८ साउन १६, १२:३९ खबर संवाददाता

कैलाली: कैलाली प्रहरीले अवैध रुपमा नदीबाट बालुवा ओसारपसार गर्ने ११ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। शनिबार बिहान ७ बजेको समयमा गोदावरी नगरपालिका–९ स्थित खुटीया खोलाबाट ती सबै ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार से२त २८३५, से२त ३६५५, से१त ५३९७ , से१त २३६८ , से१त ९६१३  से१त ८४४९, से१त ८७५९, से१त ५४४९, सु.प.प्र.०१००२ त ५८०७, सु.प.प्र.०१००२ त ५५४१ र सु.प.प्र.०१००२ त ४७२१ नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको हो। 

नियन्त्रणमा लिइएका ट्याक्टलाई जनही ६ हजारका दरले कूल ६६ हजार जरिवाना गरी सम्झाइ बुझाइ छोडिएको प्रहरीले जनाएको छ

कमेन्ट लोड गर्नुस