सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट निर्वाचित पूर्वसांसद सिंहको निधन

२०७८ साउन १६, १०:३२ खबर संवाददाता

धनगढी : २०४८ सालमा दार्चुलाबाट निर्वाचित पूर्व सांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा निधन भएको छ। ०४७ मा स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट ०४८ को आमनिर्वाचनमा निर्वाचित सांसद सिंहको निधन भएको हो।

सिंह्को निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। पूर्वसांसद अकबरबहादुर सिंहको निधनको खबरले स्तब्ध र दुःखित बनाएको देउवाद्धारा जारी शोक वक्तव्यमा भनिएको छ। पूर्वसांसद सिंहको काठमाडौंको तिलगङ्गामा निधन भएको हो। 

कमेन्ट लोड गर्नुस