नेपाली चेलीलाई फसाएर भारत लग्ने २ दुई युवती पक्राउ
काठमाडौं: नेपाली चेलीहरुलाई भारतमा लग्ने २ युवती पक्राउ परेका छन्। रोजगारको बाहानामा अवैध रुपमा भारत पु¥याइएकी झापा जिल्ला निवासी १६ वर्षीय र २० वर्षीय चेलीलाई उद्वार गरेपश्चात २ युवतीलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका–९ की २० वर्षीय लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१२ निवासी १९ वर्षीय खुश्वु विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
आरकेस्टामा काम लगाइ दिने बहानामा दुवै युवतीहरुलाई भारत पु¥याइएको र उक्त घटनामा संलग्न रहेका दुई जना युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका दुवै युवतीलाई माईती नेपाल पर्साको कार्यालयमा राखिएको छ।