दार्चुलाको टिंकरमा बीओपी बन्दै
धनगढीः चिनियाँ सीमा क्षेत्र निगरानी गर्न सरकारले दार्चुलाको व्यास गाउँपालिका–१ टिंकर गाउँभन्दा माथि छ्यालेकमा सशस्त्र प्रहरी बलको बीओपी निर्माण सुरु गरेको छ। गत आर्थिक वर्षमै निर्माण सम्पन्न गर्नुपर्नेमा असार २५ गते हेलिकप्टरमार्फत सामग्री ढुवानी गरी काम अगाडि बढाइएको हो।
सीमामा सधै सुरक्षाकर्मी बस्ने व्यवस्था हुने गरी भवनको निर्माण भइरहेको ठेकेदारले जानकारी दिए। यसअघि ६ महिना मात्र उत्तरी क्षेत्रमा सुरक्षाकर्मी बस्थे।
एक करोड रुपैयाँको लागतमा भवन निर्माण गरिसक्ने गरी ठेक्का पाएका निर्माण व्यवसायी लालबहादुर बमले ६ महिनाभित्रै भवन निर्माण सक्ने बताए।