सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन बोर्डको टोली खप्तडमा

२०७५ कार्तिक २८, ०५:२२ खबर संवाददाता

धर्तीको स्वर्गका नामले परिचित खप्तडमा पर्यटन बोर्डको टोली पुगेको छ। पर्यटन व्यवसायी समिती पर्यटन बोर्डका पदाधिकारीहरु खप्तडमा पुगेका हुन्। नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महरा, अवधेश कुमार दास र दिपक महत सहित अन्य पर्यटन व्यवसायी पनि खप्ड पुगेका हुन्। टोलीमा पर्यटन बिकास समितिका महासचिव सन्जय कुमार चौधरी, होटल ब्यबसायी संघ डोटिका अध्यक्ष तथा डोटि उद्योग बाणिज्य संघका महासचिव दिपक बहादुर खडका, खप्तड मध्यबर्ति क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष  रामप्रशाद उपाध्याय, एनआरएन जर्मनीका अध्यक्ष नबराज रोश्याराको पनि सहभागिता रहेको थियो। 

पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराले खप्तडमा एक सय जना र बिचपानिमा २५ जनालाई बसोबासको व्यवस्थाका लागि संरचना निर्माण हुने बताए। यसबर्ष मात्रै पर्यटन बोर्डबाट प्रिफ्याप भवन बनाउनको लागि ५ करोड बिनियोजन गरेको उनले बताए। खप्तडमा राम्रो खानपिन र बसोबासको बन्दोबस्ति भए प्रति बर्ष ५० हजार पर्यटक भित्रयाउन सकिने पर्यटन बिकास समाजका महासचिव सन्जय कुमार चौधरीले बताए। खप्तडमा स्कि र गल्फको अत्यन्तै सम्भावना भएकाले यसलाई पर्यटन बोर्डले उच्च प्राथमिकतामा राखेको पर्यटन बोर्डका सदस्य दिपक महतले बताए। खप्तडमा राज्यले निजि क्षेत्रलाई होटल संचालनका लागि अनुमती दिए पर्यटन व्यवसाय फस्टाउनका साथै सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवद्धन हुने डोेटी उद्योग वाणिज्य संघका महासचिव तथा डोटी होटल व्यवसायी संघका अध्यक्ष दपक खडकाले बताए।


अहिले दिनहुजसो ४०÷५० जना खप्तड प्रबेश गर्ने र खान बस्न उचित प्रबन्ध नहुदा निरासा भएर जाने गरेका छन्। सोही टोलीमा रहेका जर्मनी नागरिक मार्टिन कुन्जे खप्तडदेखि दार्चुलाको अपि बेश क्याम्प सम्म ट्रेकिङ रुटको अध्ययन गर्न खप्तडदेखि बझाङ हुदै अपि बेश क्याम सम्म जानेछन्।

फोटा : सवै दिपक खड्का

कमेन्ट लोड गर्नुस