क्रिकेटको जग बसाल्दै एलपिएल
धनगढीमा सुरु भएको लिटिल फ्लवार प्रिमियर लिग खेल्न पाउँदा खेलाडीहरु हर्षित भएका छन् । क्रिकेटको जग वसाल्नका लागि थालिएको प्रतियोगिता खेल्न पाउँदा उनीहरुमा खुशीको सीमा नै छैन । आफुसँग भएको प्रतिभा देखाउन पाउँदा उनीहरु खुशी भएका हुन् । आफुभन्दा सिनीयर खेलाडीसँग खेलेर अझ राम्रो गर्न सक्ने भन्दै उनीहरु खुशी भएर प्रतियोगितामा भाग लिईरहेका छन् । विद्यालय स्तरका खेलाडीहरुको प्रतिभा पहिचान गर्दै उनीहरुलाई प्लेटफर्म दिनका लागि विगत तीन वर्षदेखि थालिएको लिटिल फ्लवार प्रिमियर लिग खेल्न पाउँदा विद्यार्थी खेलाडीहरु हर्षित भएका हुन् ।
साना उमेरका खेलाडीहरु आफ्नो प्रतिभा देखाउन पाउँदा अझ खुशी भएका हुन् । ९ वर्षमै चर्चा कमाउन सफल सुवोध तिवारी सानो उमेरमै ठुला खेलाडीसँग खेल्न पाएर धेरै कुरा सिकिरहेको वताउँछन् । पढाईसँगै क्रिकेटलाई भविष्य वनाउने सोच भएका खेलाडीहरुले यसलाई आफ्नो प्रदर्शन देखाउने मौकाको रुपमा लिएका छन् । उनीहरुले आफ्नो क्षमता देखाएर ठुला प्रतियोगिता खेल्ने वाटो खुल्न थालेको खेलाडी निशान बोगटीले बताए । माध्यमिक तहसम्म अध्ययन गरेकाहरुसँग १९ वर्ष मुनिका ५ जना खेलाडीहरु टीममा राख्न पाउने प्रावधान भएका कारण अनुभवी खेलाडीबाट धेरै कुराहरु सिक्न पाईरहेको खेलाडी खगेन्द्र थापाको वुझाई छ ।
विद्यालय तहका क्रिकेट प्रतियोगिताहरुको माध्यमले विद्यार्थीहरुलाई चौतर्फी फाईदा हुने विद्यालयका सञ्चालक तथा शिक्षकहरु वताउँछन् । शारिरीक स्वस्च्छता मात्रै नभएर आर्थिक रुपमा सक्षम भएर सफलताको वाटोमा डोराउन मदत्त मिल्ने शारदा माविका प्रधानाध्यापक तेजवहादुर सिंहले बताए । देशका विभिन्न स्थानहरुमा व्यवसायिक र ठुला क्रिकेट प्रतियोगिताहरु भईरहेका वेला कलिला क्रिकेटरहरुलाई खेलाउने प्रतियोगिताहरुको भने अभाव छ । त्यही अभावलाई चिर्दै लुकेर रहेका क्रिकेट खेलाडीहरुको खोजी गर्नका लागि प्रतियोगिता गरिरहेकोसंस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।