सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा गत आर्थिक वर्षमा साढे ५ हजारले बनाए नागरिकता

२०७८ साउन ६, ०४:०२ खबर संवाददाता

बैतडी: बैतडीमा एक वर्षको अवधिमा साढे ५ हजार जनाले नेपाली नागरिकता बनाएका छन्। गत आर्थिक वर्ष २०७७÷०७८ मा ५ हजार ५ सय ६४ जनाले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
जसमा ३ हजार ३ सय ५८ पुरुष र २ हजार २ सय ६ महिला रहेका  जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। 

कोरोना महामारीका कारण विभिन्न समयमा कार्यालय बन्द रहे पनि उक्त संख्यामा नागरिकले नयाँ नागरिकता लिएका हुन्। यस्तै ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन्। अन्य देशको नागरिकता प्राप्त गरेका ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका हुन्।

कमेन्ट लोड गर्नुस