सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाले भने- देशमा कोभिडको नयाँ भेरियन्टको डर बढ्यो

२०७८ साउन ६, ०२:११ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कोभिडको नयाँ भेरियन्टको डर बढेको बताएका छन्।

नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिडको पुराना असरबाट उठ्ने प्रयत्न गरे पनि नयाँ भेरियन्टको चर्चाले थप डर बढेको बताए।

कोभिड प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने पनि प्रधानमन्त्रीको भनाइ छ। कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न कोभिड भ्याक्सिनसंगै राहतको प्याकेज ल्याउने बताए।

कमेन्ट लोड गर्नुस