सुदूरपश्चिममा भुकम्पको धक्का महसुस
सुदूरपश्चिममा आज दिउँसो १२ बजेर ५२ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ। भारतको उत्तराखण्ड प्रदेशको खेला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक सहायक राजेश शर्माले जानकारी दिए।
दार्चुला जिल्ला सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ। अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनैपनि क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।