सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जीप दुर्घटना

२०७८ साउन ४, ०५:३८ खबर संवाददाता

अछाम: अछाममा जीप दुर्घटना भएको छ। जिल्लाको मेल्लेख गाउँपालिकामा बिरामी ल्याउन गएको म१ज  २१५ नम्बरको जीप आइतबार राति दुर्घटनामा परेको हो। 

गाउँपालिकाको वडा नम्बर ६ षोडशादेवीमा भएको दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। 

जीप सडकबाट करिब १ सय मिटर तल खसेको थियो। जीप चालक हाम फालेर बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ। 

कमेन्ट लोड गर्नुस