सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी त्रिपुरासुन्दरी जात्रामा दर्शनार्थीको पिसिआर रिपोर्ट अनिवार्य

२०७८ साउन ४, ०१:०१ खबर संवाददाता

बैतडी: बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेलामा आउने दर्शनार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ। कोरोना महामारी रहेकाले भारतीय दर्शनाथीको हकमा पिसिआर रिपोर्ट अनिवार्य गरिएको त्रिपुरा फाउन्डेसन र मेला व्यवस्थापन समितिले जनाएको छ।

यस्तै, जात्रामा दर्शन गर्न आउनेहरुलाई अनिवार्य मास्क लगाउनुपर्ने  नियम बनाइएको छ। मन्दिरमा आइतबारदेखि जात्रा सुरु भएको छ। जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन्। 

कमेन्ट लोड गर्नुस