दृष्टिविहिनलाई ७ दिने चाउमीन बनाउने तालिम
कैलालीका दृष्टिविहिनहरुलाई काँचो चाउमीन बनाउने तालिम प्रदान गरिएको छ। नेत्रहिन युवा संघ कैलालीको आयोजनामा ७ दिने तालिमको आयोजना गरिएको थियो। समावेसी लोकतन्त्रको सार्थकता हरेक क्षेत्रमा दृष्टिविहिन युवाहरुको समावेशीता भन्ने मुल नाका साथ तालिम सञ्चालन गरिएको नेत्रहिन युवा संघ कैलालीले जनाएको छ। कार्तिक १४ गतेदेखि सुरु गरिएको तालिमको मंगलबार एक औपचारीक कार्यक्रमका बिच समापन गरिएको हो। समापन कार्यक्रमका सभापति नेत्रहिन युवा संघ कैलालीका अध्यक्ष अर्जुन रावाल रहनुभएको थियो भने प्रमुख अथिती सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमाल रहनु भएको थियो। समापन कार्यक्रममा बोल्दै नेत्रहिन युवा संघ कैलालीका अध्यक्ष अर्जुन रावलले नेत्रहिनहरुलाई तालिम दिईसकेकाले अब चाउमिन उत्पादन गर्ने मेसिन खरिदका लागि सहयोग गर्न सबैलाई आग्रह गरे।