बैतडीमा बाढीले नहरको बाँध भत्कायो, सिँचाईको समस्या
२०७८ साउन २, ०१:०७
बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका ६ स्थित पञ्ज्युनयाँमा नहरको बाँध भत्किएपछि किसानहरुलाई सिँचाईको समस्या भएको छ। जमाडी नदीमा आएको बाढीले नहरको बाँध भत्काएको बताउँदै सिँचाईमा समस्या भएको स्थानीय बीरसिंह कार्कीले जानकारी दिए।
गत असार २५ गते आएको बाढीले नहरको बाँध भत्काएको थियो। स्थानीयले रोपाँई गर्नुपर्ने बेला बाँध भत्किएपछि गाउँमा सिँचाईको समस्या भएको हो।
कमेन्ट लोड गर्नुस