नेपालमा कोरोना भाइरसको संक्रमण घट्न सकेन
काठमाडौँ: सरकारले निषेधाज्ञा खुकुलो पारे पनि कोरोनाको संक्रमण भने घट्न सकेको छैन्।
पछिल्लो २४ घण्टामा नेपाल भर २ हजार ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जम्मा ८ हजार २५६ पीसीआर परीक्षण गर्दा थप १ हजार ७८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहिबार देशभर पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ७६८ परीक्षणमा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७५७ जना संक्रमणमुक्त भएका छन्। भने, कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ ।