अत्तरियामा घरबाटै मोटरसाइकल चोरीयो
२०७८ असार ३१, ०४:२४
धनगढीः कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा मोटरसाइकल चोरी भएको छ। बुधबार राती हरी चौधरीको मोटरसाइकल घरबाटै चोरी भएको हो।
घरको बारन्डामा राखेको मोटरसाइकल चोरीएको मोटरसाइकल धनी हरी चौधरीले बताए। साँझ बरन्डामा राखिएको से ३ प २९६२ नम्बरको मोटरसाइकल बिहान नभेटिएको उनले बताए।
ईलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान भईरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस