बैतडीमा मकैमा अमेरीकन फौंजी किराको प्रकोप
किसान चिन्तित
बैतडीः बैतडीमा मकैबालीमा फौंजी किराको प्रकोप देखिएको छ। जिल्लाका विभिन्न स्थानमा मकैबालीमा अमेरीकन फौंजी किराको प्रकोप देखिएको हो।
सुर्नयामा फौंजी किराले मकैबाली नष्ट गरिरहेको त्यहाँका स्थानीय किसान मोहनबहादुर बिष्टले जानकारी दिए। बर्षातको समयमासमेत फौंजी किराले मकैबाली खाईरहेको उनले बताए। फौंजी किराको प्रकोप बढेपछि किसानहरु भोकमरी हुने भन्दै चिन्तित बनेका छन्।
बैतडीमा गत बर्ष पनि मकैबालीमा फौंजी किराको प्रकोप देखिएको थियो। बैतडी सुदूरपश्चिमको सबैभन्दा बढी मकै उत्पादन हुने जिल्ला हो।