सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ६५ हजार बढी मूल्यको भन्सार छलीका सामान बरामद

२०७८ असार २३, ०५:०१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर प्रहरीले ६५ हजार बढी मूल्यको भन्सार छलीका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालिका ११ भुजेलापुलस्थित भारतबाट भन्सार छली ल्याइएका ४८ थान सुट, २९ पिस जेन्स सर्ट, १८ पिस लेडिज सर्ट र बच्चाका विभिन्न साईजका कपडा गरी ६५ हजार २ सय बराबरको सामान बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद गरिएका सामानहरूलाई आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताए।
 

कमेन्ट लोड गर्नुस