सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो फाइभजी स्मार्टफोन ल्याउँदै 'नोकिया'

२०७८ असार २३, ०२:५२ खबर संवाददाता

काठमाडौं: पछिल्लो समय स्मार्टफोन निर्माता कम्पनीहरूबीच फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने होड चलिरहेको छ। यसैबीच अब नोकिया फोनको निर्माता कम्पनी एचएमडी ग्लोबलले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।

उक्त फोन सबैभन्दा अगाडि आउँदो ११ नोभेम्बर अघि नै चिनियाँ बजारमा उपलब्ध हुनेछ। नेपाल लगायतका अन्य देशमा कहिले आउँछ भन्ने कुरा अहिलेसम्म निश्चित भइसकेको छैन । कम्पनीले नोकिया ९।३ को नामबाट आफ्नो पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गर्नसक्ने अनुमान गरिएको छ।

त्यसो त कम्पनीले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक हुने विषयलाई लिएर कुनै आधिकारिक मिति घोषणा गरेको छैन। चीनको आईथोम वेबसाइटबाट नोकियाको आउँदो फाइभजी स्मार्टफोनको जानकारी बाहिर आएको हो।  

आईथोमका अनुसार नोकिया एचएमडी ग्लोबलको चिनियाँ बजारका उत्पादन व्यवस्थापक झाङ युचेङले वाइबोमा अन्तरक्रिया गर्ने क्रममा यसको जानकारी चुहाएका थिए।

कमेन्ट लोड गर्नुस