सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अनसन बसेकी लेन्थवर्कर बेहोस

२०७८ असार २२, ०४:१२ खबर संवाददाता

बैतडी: पारिश्रमिकको माग गर्दै अनसनमा बसेकी एक लेन्थवर्कर बेहोस भएकी छिन्। शुक्रबारदेखि अनसनमा बसेका लेन्थवर्कर मध्ये लक्ष्मी पन्त मंगलबार बिहान बेहोस भएकी हुन्। 

बेहोस भएकी लक्ष्मीलाई अहिले प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा भर्ना गरिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए। 

बैतडीको पाटन–पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करहरुले गएको २१ महिनादेखि तलब नपाएको भन्दै गएको शुक्रबारदेखि पाटनमा अनसन बसीरहेका छन्। 

पाटन–पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि आफूहरुलाई तलब नदिएको लेन्थवर्करहरुले बताएका छन्।

कमेन्ट लोड गर्नुस