सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा लेन्थवर्करका समस्या समाधान गर्न सहयोग समिति गठन

२०७८ असार २२, १२:११ खबर संवाददाता

बैतडी– बैतडीको पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्करहरुका समस्या समाधानमा सहयोग पुर्याउन समिति गठन गरिएको छ। 

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो। 

समितिमा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द र मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकलाई सदस्यमा राखिएको छ। गएको २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै लेन्थवर्करहरु अनसनमा बसेपछि  समस्या समाधान सहयोग समिति गठन गरिएको हो। 

समितिले लेन्थवर्करहरुका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने समितिका सदस्य एवं पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए। 

यता पूर्वाधार विकास कार्यालयले भने कार्यालयले काम गर्न नलगाएको जिकिर गर्दै आएको छ। तर लेन्थवर्करहरु भने सम्बन्धित मन्त्रालय र मन्त्रीबाट काम गर्नका लागि मौखिक निर्देशन आएकाले आफूहरु काम गरिरहेको बताएका छन्।

२१ महिनादेखि तलब नपाएपछि आफूहरु सडकमै अनसनमा बसेको लेन्थवर्कर जयराम भुलले बताए। आफूहरुका माग पूरा नहुँदा सम्म अनसन जारी राख्ने उनले बताए। 

कमेन्ट लोड गर्नुस