कञ्चनपुरमा ६१ हजार मूल्य बराबरको अवैध सामान बरामद

कञ्चनपुर: कञ्चनपुर प्रहरीले ६१ हजार मूल्य बराबरको अवैध भन्सार छलिका सामान बरामद गरेको छ।
आइतबार जिल्लाको कृष्णपुर–५ बनदेवी मन्दिर नजिकबाट भारतबाट भन्सार छलेर भित्र्याइएका सुपर पावर सुर्ती १४४ पोका र से१प ९३२८ नम्बरको मोटरसाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।
बरामद सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको उनले बताए।
