सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली नगरपालिकाको बजेट पारित

२०७८ असार १९, ०१:२३ खबर संवाददाता

बैतडी: बैतडीको मेलौली नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट नगरसभाबाट पारित भएको छ। नगरपालिकाले ल्याएको ६१ करोड २० लाख २८ हजार बराबरको बजेट नगर सभाबाट पारित भएको हो।

शुक्रबार सम्पन्न आठौं नगरसभाले आगामी आर्थिक बर्षको बजेट पारित गरेको नगर उपप्रमुख राधा ओझाले जानकारी दिइन्। 

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उनले बताइन् । बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने समेत उपप्रमुख ओझाले बताइन्।
 

कमेन्ट लोड गर्नुस