गजल
२०७५ कार्तिक १५, ०१:१६
यहाँ वारी थपिएको छ, पारी थपिएको छ ।।
मलाई भने ठूलो जिम्मेवारी थपिएको छ ।
मैले विहे गरेपछि बा–आमा खुसी हुनुहुन्छ ।
किनकी बा–आमालाई बुहारी थपिएको छ ।।
आफुलेत एतिका वर्ष फाटो लगाई काटे ।
अब भने श्रीमतीलाई सारी थपिएको छ ।।
कमाई खाने जग्गा बाढीले लगि दियोे ।।
किन्नुपर्ने कुरामा खेतवारी थपिएको छ ।
कमेन्ट लोड गर्नुस