सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बौलाहा कुकुरको आतंक

स्थानीय वासिन्दा त्रसित

२०७५ कार्तिक १४, ०६:३९ सीताराम ओझा

धनगढीको बोराडाँडीमा भुस्याहा र बौलाहा कुकुरको आतंक फैलिएको छ । भुस्याहा कुकुरले अन्य कुकुर र वस्तुभाउलाई पनि धमाधम टोक्न थालेपछि त्यसको आतंक फैलिएको हो । बाटोमा हिड्ने जो कोहीलाई टोक्न थालेपछि स्थानीय वासिन्दा त्रसित भएका छन् । भुस्याहा र बौलाह कुकुरले घाँटीभन्दा माथि टोकपछि ६ जनालाई उपचारका लागि काठमाण्डौं र लखनउ पठाईएको छ । घाँटीभन्दा माथिल्लो भागमा टोकेमा निकै महँगो सुई हुने र सरकारले पनि त्यो अनुदान नदिने भएका घाँटीमाथि टोकेका दुई जना काठमाण्डौं रेफर भएका हुन् । चार जना उपचारका लागि लखनउ समेत गएका छन् ।

 


भुस्याहा र बौलाह कुकुरले टोकेपछि सेती अञ्चल अस्पतालमा आठ जनाले दुई दिनमा उपचार गराएका छन् । त्यसमा हिमांशु बडु, लोकेन्द्र भण्डारी घाँटीभन्दा माथि टोकिएका कारण काठमाण्डौंमा उपचार भईरहेको छ । त्यसैगरी सुजिता चौधरी लालमान राना माया विसी र सोहन ठाकुरलाई लखनउ रेफर गरिएको छ । भुस्याहा कुकुरले टोकेका कृष्ण चौधरी लक्ष्मण राना जयवहादुर थापाको भने सेती अञ्चल अस्पतालमा उपचार गरिएको छ । अन्य वडाका वासिन्दालाई भुस्याहा कुकुरले टोकेको छ । आधा दर्जनको संख्यामा रहेका भुस्याहा कुकुरले बाटोमा देखेका जो कोहीलाई टोकेर आतंक मच्चाएपछि स्थानीय वासिन्दा त्रसित भएका छन् । उनीहरुले स्थानीय प्रशासन प्रहरी जनप्रतिनिधि प्रदेश सरकारले कुनै चासो नदिएको वडा नम्वर ३ का वासिन्दाको आरोप छ ।

 

 

दुई दिनको अवधिमा दर्जनौं मानिसहरुलाई भुस्याहा र कौलाहा कुकुरहरुले टोकेपछि त्यसको आतंक फैलिएको हो । आधा दर्जनको संख्यामा रहेका भुस्याहा कुकुरहरुले वाटोमा देखेका जो कोही मानिस र जनावारलाई समेत टोक्न थालेपछि वडा नम्वर ३ का वासिन्दा त्रसित भएको अनुहारमा टोकेर पनि आर्थिक अभावले उपचारका लागि अन्यत्र जान नसक्नुभएकी भागेश्वरी फुलाराले बताईन् ।विहान मर्निङ वाक गर्नेदेखि घरमै वसेका वालवालिकाहरुलाई भुस्याहा कुकरले टोकिरहेको छ । बौलाह कुकुरले मानिस र वस्तुभाउलाई टोक्न थालेपछि वडाका वासिन्दा आतंकित वनेको  कुकरको टोकाईवाट घाईते कल्पना महराले बताईन् ।

 

रेविज विरुद्धको सुई सरकारले निशुल्क दिने गरेका कारणघाँटीभन्दा तल्लो भागमा टोकेमा उपचार गर्न सकिने भएकोले उनीहरुले त्यो सुई लगाएका छन् । तर घाँटीभन्दा माथि टोेकेमा रेविज विरुद्धको सुईले काम नगर्ने र तौल अनुसारको रेविज ईमिनोग्लोविन लगाउनु पर्ने र त्यो यहाँ नभएपछि कतिपयले अन्यत्र गएर उपचार गराईरहेका छन् । काठमाण्डौमा उपचार गराई रहेका लोकेन्द्र भण्डारीले उपचारका लागि वीर अस्पतालमा भर्ना भएको वताएको छ । भुस्याहा र वौलाह कुकुरले जथाभावी टोक्न थालेपनि नियन्त्रणका लागि कसैले प्रयास नगरेको स्थानीयको आरोप छ ।

 

यता तीन वटा बौलाह कुकुरलाई मासुमा बिष हालेर मारिएको छ । स्थानीय वासिन्दा र वडाका जनप्रतिनिधिको सहयोगमा तीन वटा बौलाह कुकुर मारिएको हो । एउटा बौलाह कुकुर मार्नका लागि पनि लागिरहेको वडा नम्वर ३ का कार्यवहाक वडाध्यक्ष ओम चन्दले वताए ।

 

 

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस