सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका सामुदायिक वनबाट अनुमति बिना धमाधम रुख काटिदै

फाइल फोटो
फाइल फोटो
२०७८ असार १५, ०६:०७ खबर संवाददाता

बैतडी: बैतडीका सामुदायिक वनबाट अवैध रुपमा रुखहरु काटिने गरेको खुलेको छ। जिल्लाको सुर्नया गाउँपालिका २ स्थित सिद्धनाथ सामुदायिक वनबाट अनुमति बिना ११८ रुख काटिएको खुलेको हो।

वनबाट सुनर्याको नेपाल राष्ट्रिय मावि सिउडेको भवन निर्माणका लागि निर्माण समितिले आफूखुसी सामुदायिक वनबाट रुख काटेको भन्दै गुनासो आएको थियो। गुनासोपछि छानबीन समिति गठन भएको थियो। छानबीन समिति सामुदायिक वनभित्र मंगलबार अनुगमन गर्दा ११८ रुख काटिएका भेटिएका सामुदायिक वन उपभोक्ता समितिका सचिव एवं छानबीन समितिका सदस्य मोहनबहादुर बिष्टले जानकारी दिए।

सामुदायिक वनमा जथाभावी रुख काटिएको बिषयमा गुनासो आएपछि छानबीन समिति गठन गरिएको थियो। जथाभावी रुखहरु काट्नेमाथि कारबाही प्रक्रिया अगाडी बढाइने जनाइएको छ।

कमेन्ट लोड गर्नुस