सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्याँस गाउँपालिकाले भारतद्वारा अतिक्रमण भू–भागसहितको नक्सा समेटेर लोगो बनाउने

२०७८ असार १२, ०१:३० खबर संवाददाता

दार्चुला: दार्चुलाको ब्याँस गाउँपालिकाले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नक्सासहितको लोगो बनाउने भएको छ।  गाउँपालिकाले भारतको अतिक्रमणमा परेका नाभी, गुन्जी, कुटि सहितको भू–भाग समेटिएको नक्सा नक्सा भएको लोगो जनप्रतिनिधिका निर्माण गर्न लागेको हो। 

गाउँपालिकाले मेरो पूर्वाधार विकासका लागि मेरो श्रम कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। जसमा कोरोना महामारीका कारण रोजगारी गुमाएर देशविदेशबाट फर्किएका युवाहरूको सीप, क्षमता, योग्यता, अनुसार रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। 

यस्तै रोजगारीका अवसर सिर्जना गर्न गाउँपालिकामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न पहल गर्ने योजना पनि गाउँपालिकाले बनाएको छ। कृषि पेसामा युवाहरूलाई आकर्षित गर्न कृषि व्यवसाय गर्न चाहने युवाका लागि सहुलियत ऋणको व्यवस्था पनि बजेटमा गरिएको छ।  

गाउँपालिकाले आगामी आर्थिक ०७८÷०७९ का लागि ३७ करोड १७ लाख ३४ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेको छ। गाउँपालिका अध्यक्ष दिलीपसिह बुढाथोकीले आगामी आर्थिक वर्षका लागि चालूतर्फ १७ करोड ९ लाख ८७ हजार तथा पुँजीगततर्फ २० करोड ७ लाख ४७ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेका हुन्।


 

कमेन्ट लोड गर्नुस