सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइतबारबाट दार्चुलाका सरकारी कार्यालय खुल्ने

२०७८ असार १२, १२:२७ खबर संवाददाता

धनगढी: आइतबारबाट दार्चुलाका सरकारी कार्यालय खुल्ने भएका छन्।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी आगामी आइतबारदेखि सेवा प्रवाह गर्न लागिएको बताइएको हो।

जिल्ला प्रशासन कार्यालयले बार अनुसार सेवा प्रवाह गर्न सुरु गरेकाले सबै कार्यालयलाई सोहीअनुसार सतर्कता अपनाई कार्ययोजना बनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।


 

कमेन्ट लोड गर्नुस