सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा थप १० दिन निषेधाज्ञा, सवारी साधनमा जोरबिजोर प्रणाली

२०७८ असार ९, ०१:३६ खबर संवाददाता

दार्चुला: दार्चुलामा जोरबिजोर गरेर सवारी साधन चल्ने भएका छन्। बुधवार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लामा चल्ने सवारी साधनलाई जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारी चल्न दिने निर्णय गरेको हो। 

सवारी चालक तथा सह चालकहरूले एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट देखाएर मात्र चल्न पाउनेछन् । सवारी साधनमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सिट क्षमता अनुसार सवारी राख्न पाउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए। 

बुधवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति दार्चुलाको बैठकले निषेधाज्ञालाई थप १० दिन लम्ब्याउन सिफारिस गरेको छ।

कमेन्ट लोड गर्नुस