सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पौडी खेल्ने क्रममा ह्युम पाइपभित्र अड्किएर २ जनाको मृत्यु

२०७८ असार ८, ०६:०६ खबर संवाददाता

 
दार्चुला:
 दार्चुलामा पौडी खेल्ने क्रममा  ह्युम पाइपभित्र अड्किएर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा व्याँस गाउँपालिका–४ का १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका–४ ब्रह्मदेवका १२ वर्षीय रमित कुँवर रहेका छन् । दुवै जना सदरमुकामस्थित खलंगा बजारमा बस्दै आएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए। 

महाकाली राजमार्गको, दार्चुला तिंकर सडकअन्तर्गत महाकाली नगरपालिका–४ बंगाबगडको लास्कुखोलाको निर्माणाधीन मोटरबल पुलभित्र आज दिउँसो पौडी खेल्न बेला ह्युम पाइपभित्र अड्किएर उनीहरुको मृत्यु भएको हो।
लास्कुखोलामा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्किएका प्रहरीले जनाएको छ। अड्किएका उनीहरूलाई जेसिभीको सहायताले निकालिएको थियो। 

निरन्तर वर्षाका कारण पुलमा क्षति नहोस् भनी ह्युम पाइप राखिएको प्रहरीले जनाएको  छ।

कमेन्ट लोड गर्नुस