सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मलको अभाव

२०७५ कार्तिक १०, ०७:४० कमल सावद

धनगढी उप–महानगरपालिका वडा नम्बर ११ घोड्सुवाका कृष्ण चौधरी अहिले आलु लगाई रहेका छन। उनलाई ३ कट्टा डिएपी र युरीयाको आवश्यकता छ। कृष्णले एक हप्तादेखि घोड्सुवाका सहकारीहरुमा मल पाएनन्। कुनै सहकारीले मल नदिएपछि उनी शुक्रबार कृषि सामाग्री कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय धनगढी पुगे, तर उनले त्यहाँ पनि रसायनीक मल पाएनन्। उनले दुई कट्टामा बन्दा र १० कट्टामा मसुर, तोरी लगाउने तयारी गरेका छन्। मल नपाएपछि हैरान भएको उनले सुनाए। ‘हाकिम सापले आईतबाट मल आउछ भननुहुन्छ,’ चौधरीले भने,‘गोदाममा एक बोरा मल छैन्। गाडीहरुको लाईन यस्तो छ। खै आईतबार पनि मल पाईदैन होला।’  कृष्ण चौधरी जस्तै धनगढी उप–महानगरपालिका ८ धनगढी गाँउका राजकुमार मगर पनि मलका लागि भौतारिएका छन। उनी धनगढी क्षेत्रका आधा दर्जन सहकारीमा पुगे तर मल पाएनन्। डिएपीको अत्याधिक हाँहाँकार रहेको उनले गुनासो गरे। धनगढी क्षेत्रका सबै सहकारीमा म पुगे, मल पाएन, किसानलाई पिकआवर सिजनमा समस्या छ, किसान सहकारीमा धाइरहेका छन्। उनले भने,‘मल कहाँ जादै छ ?,अनुगमनको खाचोँ छ।’ आफू जहाँ पुग्दा पनि किसानले मल नपाएको गुनासो गरेको उनले बताए। 

अहिले किसानले आलु लगायतका तरकारी बालिहरु लगाईरहेका छन् भने अन्य हिउँदे बाली लगाउनका लागि पनि तयारी भईरहेको छ। सुदूरपश्चिम प्रदेशमा गहुँ, तोरी र मसुरोको बीउ छ तर मलको अभाव छ।  किसान गहुँ छर्नका लागि खेत जोतिरहेका छन। सुदूरपश्चिमका किसान धान बाली भित्र्याएर गहुँ खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका बेला रासायनिक मलको चरम अभाव भएको हो। डिजेलको   अभाव नभरहेको नेपाल आयल निगमको दावी छ। आयल निगम क्षेत्रीय कार्यालय धनगढीका निमित्त प्रमुख नरबहादुर ऐरले किसानलाई प्राथामिकता दिने गरी डिजेल बितरण गरिरहेको बताए। बीउको पनि कुनै अभाव नरहेको राष्ट्रिय बीउ बिजन कम्पनि लिमिटेडले बताएको छ। यस्तै बीउको पनि अभाव नभरहेको दावी गरिएको छ। बीउविजन कम्पनी मुख्य शाखा कार्यालय धनगढीका प्रबन्धक मधु शर्माओझाले बीउको अभाव नरहेको बताईन्। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि गहुँको बीउ बितरण भैरहेको उनले बताईन्। कम्पनीले डब्लु.के, तिलोतमा, डाँफे, धौलागिरि, आदित्य लगायतका जातका बीउ वितरण गरिरहेको छ। सुदूरपश्चिमका लागी  एक सय ४० टन गहुँको बीउ मौज्दात रहेको कम्पनीले दावी गरेको छ। 
यता हिँउदे बालीको तयारीमा रहेका किसान मलको अभाव भएपछि हैरान छन। उनीहरुलाई रसायनिक मलको आवश्यकता छ तर कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले माग अनुसारको मल आर्पूती गर्न नसक्दा किसानहरु बीउका लागि धाउँदा धाउँदा थाकिसकेका छन्। सुदूरपश्चिम प्रदेशमा कृिष सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले सहकारी मार्फत किसानलाई मल बितरण गर्दै आएका छन्। कृषि सामाग्रीमा आएको मल आउने वित्तिकै सकिएको छ। साल्ट ट्रेडिङ कर्पाेरेशनसँग एक दाना पनि मल छैन्। कृिष सामाग्री कम्पनी लिमिटेडका प्रमुख दुर्गा पाण्डेयले मल आपुर्ती भइरहेको बताए।  खेतको चिस्यान सकिन थालेपछि सिचाँई गर्दा लागत झन् बढ्ने भन्दै अधिकांश किसान मल विना नै गहुँ तथा मुसुरो छर्न थालेका छन्। वर्षेनी मलको अभाव हुने गरेपनि आपूर्ती सहज बनाउनतर्फ भने ध्यान दिइएको छैन्। साल्ट ट्रेडिङ कर्पाेरेशनका महाप्रवन्धक केशव पाण्डेयले मल भण्डारण नरहेको बताए। कर्पोरेशनसँग भएको मल वितरण गरिएको तर स्टक भने नरहेको पाण्डेले दावी गरे। मंसिर अगाडी रसायनीक मल नआउने समेत पाण्डेले बताए। कार्तिकको पहिलो हप्ता देखी कैलालीमा दुई सय ४६ सहकारी मार्फत मल वितरण हुदै आएको छ। सुदूरपश्चिम प्रदेशमा दुई हजार ५ सय मेट्रिक टन डिएपि र पाँच हजार मेट्रिक टन युरीया आश्यक पर्ने गरेको छ। तर त्यसको आधा पनि आपुर्ती हुदैन्। खेतीपातीको  समयमा मल अभाव भएपछि किसानहरु उत्पादन घट्ने चिन्तामा छन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस